चर्चित नायक सुशान्त सिंहले गरे आत्माहत्या
काठमाडौँ – बलिउड फिल्मका नायक सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् ।
राजपुतको शव मुम्बईको बांद्रामा रहेको एउटा फ्ल्याटमा फेला परेको थियो। आत्महत्याको कारण भने खुल्न सकेको छैन ।
सिरियल हुँदै फिल्ममासमेत राम्रो प्रहशन गर्न सकेका उनी अभिनित केदारनाथ निकै चर्चित थियो । पछि उनले महेन्द्र सिंह धोनीको बायोपिकमा आधारित फिल्ममा समेत अभिनेताको भूमिकामा रहेका थिए ।
उनी ‘क्या पो चे’ फिल्ममार्फत बलिउडमा प्रवेश गरेका थिए । यो फिल्मका लागि उनलाई फिल्मफेयर अवार्ड मिलेको थियो । त्यस्तै शुद देसी रोमान्स, पीके जस्ता फिल्महरूमा अभिनय गरिसकेका थिए।