अब मधेसमा छुट्दै देश बन्छ : सरिता गिरी

आइतबार, ३२ जेष्ठ २०७७

काठमाडौं – जनता समाजबादी पार्टीकी सांसद सरिता गिरीले आफूमाथि ठूलो अपमान भएको भन्दै यस परिणाम भयावह हुने बताएकी छिन । नेपाल विरोधी अभिब्यक्ति दिदै आएकी सांसद गिरीले महिलामाथि अन्याय गर्दा विभिन्न देशहरुले ठूलो समस्या झेल्न परेको भन्दै नेपालमा पनि ठूलो शंकट आउने बताइन ।

प्रतिनिधि सभाको बैठक बहिस्कार गर्दै संसदबाट बाहिरिने क्रममा उनले नेपालको हालत पाकिस्तानको जस्तै हुने बताइन । पाकिस्तानका सेनाहरुले एक महिलालाई बलात्कार गर्दा बंगलादेश बनेको उदाहरण दिदै नेपालमा पनि आफूमाथि सामाजिक रुपमा बलात्कार भएको बताइन ।

नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी छिन।

संसदबाट बाहिरिने क्रममा गिरीले भनिन, ‘म महिलाको रूपमा बोल्दैछु । या त मैले आत्महत्या गर्नुपर्छ वा जंगलको मैदानमा जानुपर्छ भन्ने भयो। महिलाले आफ्नो डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर म लागेको हुँ ।’

उनले थप भनिन्, ‘राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार चेक गर्नु भएन भने नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो’ गिरीले भनिन, ‘किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार गर्‍यो। महिलाहरूले निर्माण गर्नुभयो।’

उनको भनाईको आसय नेपालको तराईको भुभाग बंगलादेश जस्तै गरि नयाँ देशको रुपमा विकास हुन्छ भन्ने थियो । उनले जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण भएको बताइन्।

‘जब जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण गरिन्छ। त्यसमा हामी बेलमै सचेत भएन भनौं। यसको परिणाम मुलुकको राष्ट्रिय एकताका लागि र राष्ट्रियताका लागि हुँदैन,’ गिरीले भनिन्।