इतिहासमा आज : जापानमा शक्तिशाली भुकम्प, २२ हजारको मृत्यु
काठमाडौं – आज जुन १५ । आजकै दिन सन् १८९६ मा जापानमा शक्तिशाली भुकम्प गएको थियो । विनाशकारी भूकम्पका कारण २२ हजार मानिसले ज्यान गुमाएका थिए ।
विनासकारी भुकम्पपछि आएको सुनामीले लाखौं मानिस प्रभावित भएका थिए । जापानीजहरु आजको दिनलाई कालो दिनका रुपमा सम्झिने गर्दछन । स्थानिय समयअनुसार वेलुका ७ बजेर ३२ मिनेटमा भुकम्प गएको थियो ।
भुकम्प मापन केन्द्रले ८.५ रेक्टर स्केलको भुकम्प गएको भनेर मापन गरेको थियो । उक्त भुकम्पले ९ हजार घर भत्तिएका थिए भने २२ हजार मानिसको मृत्यु भएको थियो ।