प्रदेश २ मा खतराको घण्टी बज्यो, सर्तक रहन चेतावनी
काठमाडौं – प्रदेश २ का सबै जिल्लाहरु डुवान पर्ने सम्भावना रहेको भन्दै सर्तक रहन चेतावनी दिइएको छ । मौसम पूर्वानुमान महाशाखाले प्रदेश २ का सबै जिल्ला र सिन्धुली, उदयपुर, चितवन, धादिङ, नवलपरासी र आसपास मध्ययमबाट बग्ने नदिको बहाव धेरै भएकाले डुवानको खतरा रहेको जनाएको छ ।
महाशाखाले त्यस क्षेत्रमा अध्याधिक बर्षा भएको र उक्त स्थान भई बहने नदीमा बहाव निकै बढेकाले सर्तक रहन चेतावनी दिएको हो । देशभर पानी परिरहेकाले तराई क्षेत्र ढुवानको खतरमा छ ।