एमसीसीबारे राजेन्द्र महतोले गरे डरलाग्दो खुलासा
काठमाडौं – जनता समाजबादी पार्टीका सांसद राजेन्द्र महत्तोले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता भित्र ठूलो राष्ट्रघात भएको खुलासा गरेका छन । लामो समयदेखि नेपालको युरेनियममा आँखा लगाउँदै आएको अमेरिकाले मुस्ताङको हजारौ टन युरेनियम कब्जा गर्न उक्त सम्झौता गरेको बताए ।
सामाजिक संजाल ट्वीटरमा उनले अमेरिकाले एमसीसीको बदलामा मुस्ताङको हजारौ टन युरेनियम भण्डार गर्नका लागि भित्री सम्झौता गरेको बताए । उनले ट्वीटरमा लेखेका छन, ‘यो कुन कोणबाट सही छ ? १ केजि युरेनियमको बजारमूल्य लाखौ छ । जसको मतलब ५५ अर्बसँग खरबौको सम्झौता ?’
एमसीसीको विरोध गर्दै उनले कुनैपनि हालतमा एमसीसी नेपालमा लागु गर्न नहुने धारण राखेका छन । उनले भनेका छन, ‘यो सह्य हुदैन। यदी हामीले युरेनियमको सही सदुपयोग गर्ने हो भने, भारत त के अमेरिकालाई पनि खरिद गर्नसक्छौ । चेतना भयो ।’
युरेनियम कब्जा गर्नका लागि ५५ अर्बको ललिपप देखाएको उनको भनाई छ ।
MCC को ५५ अर्बसँग मुस्ताङको हजारौ टन युरेनियम भण्डार सम्झौता?
यो कुन कोणबाट सही छ? १ केजि युरेनियमको बजारमूल्य लाखौ छ। जसको मतलब ५५ अर्बसँग खरबौको सम्झौता? यो कुनैपनि हालतमा सह्य हुदैन। यदि हामीले यसको सही सदुपयोग गर्ने हो भने भारत त के अमेरिकालाई पनि खरिद गर्नसक्छौ। चेतना भयो!
— Rajendra Mahato (@Rajendra_Mahat0) June 15, 2020