प्रेरक प्रसंग : जब खरायो रुख चढ्न थाल्यो !
काठमाडौं – केही जनावरहरुले जङ्गलमै विद्यालय खोल्ने निर्णय गरे । त्यस स्कुलका विद्यार्थीहरु चरो, माछो, खरायो, कुकुर, लोखर्के र कम दिमाग भएको इल (साँप जस्तो माछा) थिए ।
पाठ्यक्रम बनाउनका लागि एउटा समिति गठन गर्यो । उठ्ने, रुख चढ्ने, पोडी खेल्ने, खन्ने आदि बहुमुखी शिक्षा दिने निर्णय गरियो । सबै विद्यार्थीहरुलाई सबै विषय अनिवार्य गरियो ।
चरो उढ्नेमा प्रथम भयो तर जब खन्ने पालो आयो उसको चुच्चो र पखेट्टा भाँचिए । उ फेल भयो । चाँडै पखेट्टा भाँचिएकाले उसले उडानमा पनि राम्रो अङ्क ल्याउन सकेन । झन् रुख चढ्न र पौडिनत उसका लागि टाढाकै कुरा भयो ।
लोखर्के रुख चढ्नमा प्रथम भयो । माछाले पैडिमा उत्कृष्ट अङ्क ल्याएपनि पानीबाट निक्लिन नसकेकाले सबै विषयमा फेल भयो । कुकुर स्कुलमा भर्ना भएन । करहरु पनि तिर्न छोड्यो र भुक्ने कला पनि पाठ्यक्रममा समावेश हुनपर्छ भनी प्रशासनसँग झगडा गर्न थाल्यो ।
खरायो खन्ने काममा सफल भयो तर रुख चढ्दा बारम्बार लडेर टाउको ठोक्किई दिमागी हालत विग्रिएर खन्ने काममा पनि राम्रो अङ्क ल्याउन सकेन । इल भने मानसिक रुपमा कमजोर भएको हुँदा सबैथोक आधा अधुरा राम्रो सँग गर्यो र जम्मा अङ्कमा कक्षामा प्रथम भयो । सबैले बहुमुखी शिक्षा प्राप्त गरिरहेकाले समिति भने खुशि भयो ।
तसर्थ, विद्यार्थी जुन विषयमा निपूर्ण छ उसलाई त्यस्तै खालको काम दिनपर्छ । उसले जानको काममा उत्कृष्ट काम गर्दै राम्रो रिजल्ट ल्याउन सक्छ । नकी सबै विषयमा अध्ययन गर्न लगाउने र सबै विषयमा फेल गराएर जीवन बर्बाद पारिदिने । अहिलेको नेपालको शिक्षा यही कथा जस्तै छ ।