रास्कोट नगरपालिकाको परिचयात्मक गीत सार्वजनिक (भिडियो सहित)
कालिकोट – रास्कोट नगरपालिकाको परिचयात्मक गीत सार्वजनिक भएको छ । ‘रास्कोट नगरपालिका’ बोलको उक्त गीत गायक धर्मराज न्यौपानेको युट्युव च्यानल ‘कालिकोटको कालो’बाट सार्वजनिक गरिएको हो ।
गीतमा रास्कोट नगरकालिकाको रहनसहन, रितिरिवाज, संस्कृत, भौगोलिक अवस्था र इतिहासलाई समेटेर तयार पारिएको छ । उक्त गीतमा गायक धर्मराज न्यौपानेको शब्द रहेको छ भने तुलराज सिमखाडा र कृषराज धमालाले शब्द संयोजना गरेका छन ।
नगरपालिकाको सम्पूर्ण भौगोलिक, राजनीति, आर्थिक, सामाजिक तथा सांस्कृतिक विषयहरुलाई समेटिएको यो गीतमा न्यौपाने आफैले स्वर दिएका छन भने उनलाई गायिक रेखा जोशीले साथ दिएकी छिन । ‘कृषि, पर्याटन, सहरिकरण र विद्युतको पूर्वाधार : सुन्दर, सम्मृद्ध र उज्यालो रास्कोट आधार’ भन्ने नारालाई आत्मसाथ गर्दै प्रचारात्कम रुपमा नगरपालिकाले यो गीतको निर्माण गरेको हो ।
हेर्नुहोस् भिडियो