कविता : आवाज भनेको आखिर आवाज हो

आइतबार, १४ असार २०७७

इनारमा

अनुहार देखिने गरी
टाउको निहुराएर
आवाज अलिकती सारो दिनु
आवाज पानीको सतह माथि माथि
इनारका चार भीत्तामा स्पर्श गर्दै
आवाज क्रमश माथिमाथि उक्लन्छ।

इनार भित्र डुव्दैन आवाज
आवाज इनार भित्र शुन्य र विलिन भएर पनि जादैन
आवाज भनेको आखिर आवाज हो !
त्यो आवाज
खुला आकाश मुनी
उपत्यकामा उभिएर
अथवा
चार पर्खाल भित्र /वाहिर
वन्द कोठा भित्र
त्यो जेल नै किन नहोस
आवाज जस्ताको तस्तै
भित्ता भित्तामा स्पर्श गर्दै
ठेकिन्दै ठक्कर खादै
प्रतिआवाज भएर
खुला आकाश मुनी वग्न वाटो खोज्दछ
झ्याल र ढोका खोल
आवाज वन्द कोठावाट वाहिर आओस

सुतेकाहरु व्युझन्छन
ध्वसो लागेको देशको अनुहारमा
कान्ती
जनजागृती आउछ !

आवाज जस्ले जसरी दिए पनी हुन्छ
वन्द कोठाको ढोका
वाहिरवाट ढकढक्काएर आवाज दिए पनी हुन्छ
मान्छे मार्ने मान्छेलार्इ
वन्दुक पडकाएर आवाज दिए पनी हुन्छ !

आवाज जसले जसरी दिए पनी हुन्छ
आवाज मान्छेको अतिरिक्त
वन्दुक र वमको पनि हुन्छ

तर आवाज
सुतेकाहरुका लागि
ध्वसोलागेको देशको अनुहारमा
कान्ती जनजागृती ल्याउने हुनुपर्छ
नभए भन्न सकिन्दैन
आवाज भनेको आवाज हो
त्यस्को प्रतिआवाज कस्तो हुन्छ ।