युवाहरु किन कुलतमा फस्छन ? यस्तो छ कुलतबाट बचाउने उपाय

सोमबार, १५ असार २०७७

काठमाडौं – आज कालका युवाहरु प्राय कुनैन कुनै कुलतमा फसेको हामीले देख्न सक्छौं । उनीहरु आफ्नो संस्कार छोडेर परपरका कुराहरुलाई अंगिकार गर्दै कुलतमा फसेका थुप्रै उदाहरणहरु हाम्रो समाजमा छन । उनीहरु विग्रीनुको मुख्य कारण टिनएजमा उनीहरुले हेर्ने चलचित्र र टिभि सिरियल रहेको पाइएको छ ।

अमेरिकी लेखक जेरी जानसनले आफ्नो किताब ‘इट्स किलिङ आवर किट्स’ मा अमेरिकामा एउटा विद्यालयका शिक्षा पुरा गरेको केटाकेटीले २० हजार फिल्म तथा टिभि कार्यक्रमहरु हेरिसकेका हुन्छन । जसमा १५ सय हत्याका घटनाहरु र एक लाख भन्दा बढि रक्सीका विज्ञापनहरु हेरेका हुन्छन ।

ती कार्यक्रमका वा चलचित्रका विज्ञापनहरुले रक्सी खानु मोजस्तीको कुरा हो, चुरोट खानु सानको कुरा हो र गाँजा चरेसको त युग नै हो भनेर प्रचार गर्छन । यसले अपराधको संख्या यतिसारो बढ्नु कुनै आश्र्चय लाग्दो कुरा होइन ।

नेपालमा पनि ठ्याक्कै यस्तै भएको छ । कुलतमा लाग्नु एउटा फेसन भएको छ । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरु यसको बढि सिकार भएका छन । उनीहरु मोजमस्ति नै जिन्दगी हो सोच्दछन र कुलतमा लाग्दछन । प्रत्यक दिन आउने टेलिफिल्महरु, चलचित्र र डकुमेन्ट्रीहरुका कारण युवाहरुमा नकरात्मक प्रभाव पर्ने भएकाले त्यसबाट आफ्ना बच्चाहरुलाई टाढै राखौं ।

अभिभावले अप्रत्यक्ष निगरानी राखौं । कुलत खराव चिज हो भन्ने सन्देश दिउँ । केटाकेटीलाई घरव्यवहार वा पारिवारिक काममा व्यस्त राखौं ।