प्रेरक प्रसंग : आफ्नो काममा गर्व गरौं
काठमाडौं – आजभोली गर्वपूर्वक काम गर्ने कुरा घटिसकेको छ । किन भने यसको लागि कोसिस र कडा मिहिनेतको आवश्यकता पर्दछ । जबसम्म कुनैपनि कुरालाई सम्भव बनाइदैन, तबसम्म केही पनि आफै हुँदैन । कोही निराश भयो भने उ सजिलो बाटो खोज्दछ । जतिसुकै ठूलो प्रलोभन भएपनि सजिलो बाटोबाट बच्नुपर्दछ । गर्व आफूभित्रबाट आउँछ, जसले जित ल्याउँछ ।
गर्वको प्रदर्शनले अहङ्कार प्रकट गर्दैन । यसले विनम्रतायुक्त आनन्द देखाउँछ । काम र काम गर्नेको गुणलाई छुट्याउन सकिदैन । आधा मनले गरिएको प्रयासले आधा परिणाम पनि दिदैन । यसले परिणाम नै ल्याउदैन ।
तीनजना मान्छेहरु र्इँटाको स्मारक बनाउँदै थिए । एउटा बटुवाले तिनीहरुलाई ‘के गर्दैछौ ?’ भनेर सोध्यो । पहिलोले उत्तर दियो, ‘के तपाईँले देख्नुभएन म ईँटा जोडिरहेको छु ।’ दोश्रो ते भन्यो, ‘मैले आफू बाँच्नका लागि काम गर्दैछु ।’ तेश्रोले भन्यो, ‘म एक सुन्दर स्मारक बनाउँदैछु ।’
यहाँ काम गरिरहेका तीनै जना व्यक्तिहरुको एउटै काम प्रति ३ भिन्नभिन्नै दृष्टिकोण छ । तिनीहरुको काम प्रति फरक धारणा पनि छ । के त्यसोभए तिनीहरुको धारणाले तिनीहरुको काम गराईमा असर गर्दछ ? अवस्य पनि असर गर्दछ ।
काम गर्ने व्यक्तिले आफ्नो काममा गर्व गरेपछि उत्कृष्टता आउँदछ । जुनसुकै काम जस्तै, कार धुने, भुँई सफा गर्ने, घर रङ्ग्याउने आदी । त्यो काम गर्ने व्यक्तिको आफ्नै प्रतिबिम्बि हो ।
पहिलो पटक मात्र होइन संधैभरी काम ठीकसँग गरौं । वर्तमानमा राम्रोसँग गरिएको कामनै भविष्यको बीमा हो । काइकल एन्जेलो एउटा मूर्तिको काम धेरै दिनदेखि गरिरहेको थिए । उनी प्रत्येक सानो कामलाई पनि धेरै समय लगाएर ध्यानपूर्वक गरिरहेका थिए । छेउमै उभिएको मान्छेलाई त्यस्तो काम ठीक लागिरहेको थिएन ।
त्यसैले उसले माइकल एन्जेलोलाई सोध्यो, ‘किन तपाईँ वेर्थमै यस्तो मिहिनेत गरिरहनु भएको छ ?’ उनले उत्तर दिए, ‘साना साना कामलेनै परिपूर्णता दिन्छ । परिपूर्ण काम सानो हुँदैन ।’
धेरै कान्छेहरु आफ्नो काम कति छिटो गरिसकियो भनेर विर्सन्छन । तर कति राम्रोसँग त्यो काम गरियो भन्ने चाँही सम्झिरहन्छन ।