भारतीय टेलिभिजनको प्रसारण बन्द गरेकोमा सरकारले दियो धन्यबाद

शुक्रबार, २६ असार २०७७

काठमाडौं – नेपाल सरकारले भारतीय टेलिभिजनहरुको प्रसारण रोकेकोमा व्यवसायीहरुलाई धन्यबाद दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जार गर्दै विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद दिएको हो ।

शुक्रबार विज्ञप्ति निकालेर मन्त्रालयका प्रबक्ता ऋषिराम तिवारीले नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गरेका छन ।

तिवारीले विज्ञप्ति जारी गरी आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानुन तथा आचारसंहिता परिपालना गर्ने र गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन ।