माता मनकामनाको दर्शन गरी हेर्नुहोस् तपाईँको आजको राशिफल

आइतबार, २८ असार २०७७

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज उमङ्ग र उत्साहमाकमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वस्थयको ख्याल गर्नु पर्ला, अतस् बढी सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस होला । कार्य सम्पादनमा समस्या र झमेला बेहोर्नु पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज मानो वांछित खनेकुरा पाईनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । अध्यात्मको भावना जाग्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । आफन्तको सङ्गतले फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, व)

अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम सम्पादन हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसंग भेटघाट हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । सबैले तपार्इंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज सामाजिक कार्यप्रति मन जानेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । आज परिवार संग समय बित्ने, मायाँ बढ्नेछ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज लाभदायक योजना बन्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । .ज्यो.प. नारायणप्रसाद दुलाल