अभिताभ बच्चनलाई कोरोना पुष्टि, कस्तो छ स्वास्थ्य अवस्था ?

आइतबार, २८ असार २०७७

काठमाडौं – बलिउड सुपरस्टार अभिताभ बच्चनलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ । ७७ वर्षीय बच्चन अहिले उपचारका क्रममा मुम्बईस्थित नानावती अस्पताल भर्ना भएका छन् ।

बच्चनले आफ्नो ट्वीटर ह्याण्डलमार्फत आफूलाई कोभिड—१९ पोजेटिभ देखिएको बताउँदै विगत १० दिनमा आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वास्थ्य जाँच गर्न अनुरोध गरेका छन्।

अभिनेता बच्चन अन्तिमपटक निर्देशक शुजीत सरकारको चलचित्र ‘गुलाबो सिताबो’ मा अभिनेता आयुष्मान खुरानाका साथ देखिएका थिए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।