बाढीले पोल ढाल्यो, तीन जिल्लामा विद्युत् अवरुद्ध

आइतबार, २८ असार २०७७

उदयपुर – लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत अवरुद्ध भएको छ । त्रियुगाखोलामा आएको बाढीले पोल ढादा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।

उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले बताए ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । तीनवटै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार–व्यवसायलगायत प्रभावित भएको छ ।