फेरी फुट्यो रविन्द्र मिश्रको साझा पार्टी

सोमबार, २९ असार २०७७

काठमाडौँ – पूर्व पत्रकार रविन्द्र मिश्रले नेतृत्व गरेका साझा पार्टी फेरी फुटेको छ । उक्त पार्टीका प्रबत्ता सूर्यराज आचार्य र संगठन विभाग प्रमुख मुमाराम खनालले पार्टी फुटाएका हुन ।

पार्टी पुनःगठनको विषयलाई लिएर संयोजक रविन्द्र मिश्रसँग मतभिन्ता राख्दै आएका आचार्य र खनालले आफ्नो कुरा सुनुवाइ नभएको भन्दै पार्टी फुटाएको निष्कर्षमा पुगेका हुन्।

आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले आचार्य र खनाललाई धन्यावाद दिने निर्णय गरेको एक सदस्यले जानकारी दिए। केही समयअघि साझा पार्टीबाट उज्वल थापाको नेतृत्वमा एक समूह छुट्टिएर विवेकशील नेपाल दल घोषणा गरेको थियो।

साझाबाट दुई नेता बाहिरिएपछि पार्टीको प्रभावकारितामाथि प्रश्न उठेको छ। साझाले आफूलाई वैकल्पिक दल भएको दाबी गर्दै आएको छ। पार्टी परित्याबारे कुराकानी गर्न खोज्दा दुवै जान सम्पर्कमा आएनन्।