विप्लवका केन्द्रीय सदस्य पुन पक्राउ

बुधबार, ३१ असार २०७७

काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्य पक्राउ परेका छन । नेकपाका केन्द्रीय सदस्य तथा मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन कैलालीमा पक्राउ परेका हुन् ।

कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले दिएको जानकारी अनुसार नेता पुनसहित उनकी श्रीमती पूर्णिमा धामी पक्राउ परेकी छिन । धामीलाई अनेमसंघ क्रान्तिकारीकी इन्चार्ज हुन ।