सफलताका लागि आवश्यक छ ‘एक्यु’
काठमाडौँ – प्राय शिक्षाविद्को मान्यतना रहने गर्छ जस्को आइक्यु राम्रो छ, ऊ जिवनमा सफल हुन्छ । तर सफलताका लागि बुद्धी वा राम्रो आइक्यु भएर मात्र हुँदैन । हामीले देखेको छौ, राम्रो आइक्यु भएका भनिएका मानिसहरुको जीवन चौपट भएको छ । कति विद्धान्लाई तपाईँ डिप्रेशन, रिग्रेसन र एग्रेसनको सिकार देख्नुहुन्छ । कति पागल भएका छन् । कतिको व्यापार चौपट भएको छ । कतिले आफ्नो बुद्धिको दुरुपयोग गरेका छन् । कति भय र चिन्ताबाट ग्रस्त भएर, चुनौतीको सामना गर्ने साहस नभएर असफल हुन्छन । यसबाट हामी बुझ्छौ– मानिस सफल हुन यसबाहेक पनि केही आवश्यक छ । त्यो हो, इक्यु वा इमोसनल क्वेसन्ट ।
सफलताका लागि मानिससँग इमोसनल इन्टेलिजेन्ट हुनु आवश्यक छ । जसले भावना र आवेग नियन्त्रणन गरेर राम्रो निर्णय लिने कला दिन्छ । ऊ आफ्नो स्वाभिमान बचाउन जान्दछ । समाज, परिवार, सम्बन्ध व्यवहार र जागिरमा उत्कृष्ट हुने कला र सीप दिन्छ । डेनीयल गोलमेनले इमोसनल इन्टेलिजेन्समा लेखेको छन्– बुद्धि सफलताको ग्यारेन्टी होइन् । तपाईमा उच्च इक्यु पनि हुनुर्पछ ।
एक्यु अर्थात् एडभर्सिज क्वेसन्ट सफलताका लागि नयाँ सूचक हो । यसले तपाईलाई सिकाउँछ विपत्तिको सामना तपाईँ कसरि र कुन हदसम्म गर्न सक्नुहुन्छ । सफलताको लागि अति आवश्यक यी तिनै कुरा गीताले सिकाउँछ । मैदानमा युद्धको घोषणास्वरुप शङ्ख बजिसकेपछि विपत्तिदेखि डराएका, आफ्नो भावना नियन्त्रण गर्न नसकेका अर्जुनलाई चुनौतीको सामना गर्ने र भयबाट मुक्त्त रहेर कर्म नछोड्न कृष्णले जुन ज्ञान दिएका छन् । त्यो हरेक कर्मवीरका लागि मन्त्र हो । जबसम्म जीवित हुनुहुन्छ, तपाईले केही न केही गर्ने कोसिस गरेकै हुनपर्छ । कर्मवीहीन अवस्था भनेको मृत्यु हो भन्छ गीताले ।
डा. पल स्टोल्ट्ज एटभर्सिटी क्वेसन्टमा लेख्छन् हाम्रा सफलतालाई आइक्यु, इक्यु, एक्यूले प्रभावित गर्दन् । र, यी तीनमा सबैभन्दा बढी प्रभावशाली हुन्छ एक्यु । यो विपत्तिको स्थर हो । विपत्तिको सामना गर्ने क्षमता कसमा कति छ ? त्यो नै उसको सफलताको आधार हुन्छ । सफलतालाई उनले पहाड चढ्नुसँग दाँजेका छन् । उनको मान्यता अनुसार एक्युका तीन स्तर हुन्छन्, पहिलो मैदान छोडनेहरु । जब कठिनाई आउँछ, तब यिनीहरु पहाड चढ्न छोडछन् । जहाँ पुगेका छन्, त्यहिबाट फर्कछन । असम्भव ठानेर हार मान्छन् ।
दोश्रो, हुन्छन् डेरा जमाउनेहरु । यस्ता मानिसहरु पहाड चढ्न त थाल्छन् तर कतै राम्रो ठाउँ आउनासाथ त्यहीँ टेन्ट हालेर बस्छन् । यिनीहरु त्याहाँभन्दा माथि भयङकर समस्या देख्दछन । परिवर्तनलाई यस्ताले समस्या मान्छन् । र, थश्रो हुन्छन् पर्वातोरोहीहरु । यस्ता मानिसहरु आफ्नो लक्ष्यप्रति सङकल्पवान् हुन्छन् । उनीहरु बाटोमा आएका जस्तासुकै समस्या झेल्न तयार रहन्छन् । हिँड्दा लडे भने फेरी उठदछन् र अगि बढ्छन । लक्ष्यमा नपुगेसम्म रोकिने र फर्किने नाम लिँदैनन् । जित भन्दा पर यिनिहरु केही सोच्दैनन् ।