मिहिनेती मान्छेहरुसँग उद्देश्य हुन्छ, अरुसँग इच्छा मात्र

शुक्रबार, २ साउन २०७७

काठमाडौं – हामीले कठिन अपाङ्गताहरुमाथि विजयी पाएका मान्छेहरुको कथा पढ्दा सफल हुने उनीहरुको गहिरो इच्छाशक्ति नै त्यस विजयको कारण हो भन्ने थाहा पाउँछौं । तिनीहरुसँग जीवनको उद्देश्य हुन्छ । जतिसुकै कठिन परिस्थितिका बाबजूद पनि तिनीहरु केही गरेर देखाउन चाहान्थे र देखाएरै छाडे ।

सन् १९६० को ओलम्पिकमा २ बटा स्वर्णपदक जित्ने विल्मा स्डोल्फ पोलियोग्रस्त थिइन् । उनको इच्छाशक्तिनै जितको कारण थियो । ग्लेन कनिङ्घमका अनुसार एक माइलको डौडमा खुट्टा जलेको एउटा केटाले आफ्नो इच्छाशक्तिको कारणले नयाँ रकर्ड बनाए ।

पोलियोग्रस्त शिली मानले ५ बर्षको उमेरदेखि शक्ति प्राप्त गर्न पौडी खेल्न थालिन् । सफल हुने इच्छाशक्तिका कारण उनले १९५६ को मेलवर्नमा ओलम्पिकमा रेकर्ड तोड्दै ३ प्रतिशतमा स्वर्णपदक पाएकी थिइन ।

जो मान्छेसँग उद्देश्य र दिशा हुँदैन उसले मौका देख्न सक्दैन । केही उपलब्धि प्राप्त गर्ने इच्छा भएको व्यक्तिले मात्र बाटो भेटाउँछ । उ समर्पित भएर अनुशासित एबम् कडा मिहिनेत गरेर त्यस बाटोमा लाग्छ र सफलता पाउँछ ।

यदी तपाईँसँग उद्देश्य र बाटो छैन तपाईँसँग सबथोक भएर पनि सफल हुन सक्नुहुन्न । चरित्र आधार हो, जसमा अरु सबैकुरा निर्माण हुन्छन । यो स्थायी हुन्छ ।