बालुवाटारबाट प्रचण्डलाई प्रधामन्त्रीको धम्की, ‘बढ्ता भए कुर्सी भाँचिदिन्छु’
काठमाडौं – पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धम्की दिने गरेको खुलासा भएको छ । ओलीले प्रचण्डलाई खुलेयाम धम्की दिएको अनलाइन खवरले लेखेको छ ।
नेकपाका सीमित नेताहरुले दिएको जानकारी अनुसार असार १० बाट शुरु भएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले् खुलेयाम धम्की दिएका थिए । उनको धम्कीले प्रचण्डलाई ‘न मरीजाने, न गरीखाने’ अवस्थामा पुर्याइदिएका थिए ।
बैठकमा आफूलाई प्रधानमन्त्री वा अध्यक्षबाट गलहत्याएर निकाले कुर्सी भाँच्दिन्छु, हात छाडे (कुनै एक्सन लिए) उठ्नै नसक्ने गरी जवाफ फर्काउँछु भनेर प्रधानमन्त्री ओलीले प्रचण्ड पक्षका नेताहरुलाई चेतावनी दिएका थिए ।
ओलीले पछिल्ला भेटमा प्रचण्ड लगायतका नेताहरुलाई भनेका थिए, ‘म यो पदमा टाँसिएर बसिरहन्न । तर, गलहत्याएर निकाल्न खोज्नुहुन्छ भने तपाईहरुलाई दिन्न, यो कुर्सी भाँचिदिन्छु । म आफू हात छाड्दिनँ, तर तपाईहरुले हात छाड्नुभयो भने उठ्नै नसक्ने गरी जवाफ फर्काउँछु, त्यसको सामना गर्न तयार हुनुस् ।
आफू अल्पमतमा पर्दा पनि सचिवालय र स्थायी कमिटीलाई आफूविरुद्ध निर्णय गर्न नदिएका ओलीले अहिलेसम्म प्रचण्ड र माधव नेपाललाई भन्दै आएका थिए, ‘अध्यक्ष हुने भए महाधिवेशन पर्खिनुस, प्रधानमन्त्री हुने भए अर्को चुनावसम्म पर्खिनुस् । प्रचण्ड–माधव समूहको डर शुरुमा ओली हटाउने निर्णय गर्दा उनले संसद विघटन गर्ने, संकटकाल लगाउने, पार्टी फुटाउने जस्ता कदम चाल्छन् कि भन्ने थियो ।
केपी ओलीले भनेका कुर्सी भाँच्ने र हात फर्काउने दुई पदावलिभित्र नेकपाभित्रको संकट सुर्केनी लाग्दै आएको छ ।
बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई हट्न भनेमा उनले नमान्ने घोषणा गरेका थिए । कुर्सी भाँच्छु भनेर उनले आफूलाई हटाए अरु कोही बस्न नसक्ने गरी देशलाई संवैधानिक संकटमा धकेल्छु भनेको अर्थमा प्रचण्ड माधव नेपाल पक्षका नेताहरुको बुझाइ थियो ।
यसको अर्थ ओली आफूलाई प्रचण्ड(नेपाल पक्षले निर्णय गरेर हटाउन् भन्ने चाहन्थे । त्यसैले बारम्बार उनले आफूले दुवै पद नछाड््ने भन्दै जे गर्ने हो गर्नू भनेर चुनौति दिइरहे । यद्यपि बहुमत पक्षका नेताहरु भने केपी ओलीको चेतावनीसामु झुकेको नभई पार्टी विभाजन हुन नदिन आफूहरु हदैसम्म लचिलो बनेको तर्क गर्छन् ।