धारिलो हतियारसहित दुईजना पक्राउ
कैलाली – धारिलो हतियार प्रयोग गरी घाइते बनाइ फरार रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सन्नी नेपाली र दिपेन्द्र भण्डारीलाई आज पक्राउ गरेको हो ।
गएराति धनगढी उपमहानगरपालिका १३ स्थित राजपुर बजारमा धनगढी उपमहानगरपालिका १३ बस्ने निरज भट्ट र गणेश धामीलाई धारिलो हतियार प्रयोग गरेर उनीहरु फरार रहेका थिए ।
प्रहरीले उनीहरुलाई स्थानीय बडहर भन्ने स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टले जानकारी दिए ।