नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रङ्गेहात प्रक्राउ
काठमाडौं – ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सव(इन्जिनियर किशोर मोक्तान रङ्गेहात प्रक्राउ परेका छन् ।
विकास निर्माणको काम सम्पन्नको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले दुवै जनालाई नियन्त्रणमा आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
सोमबार करिब साढे १२ बजेको समयमा नगरपालिकाको कार्यालय परिसरबाटै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।