भदौ १ देखि विद्यालय खुल्ने

मंगलबार, ६ साउन २०७७

काठमाडौं – सरकारले भदौ १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले भदौ १ देखि विद्यालय खोलेर विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय गरेको हो ।

त्यस्तै, साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको सरकारका प्रबत्ता सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । तर होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन भने गर्न पाइनेछैन ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न सकिने सरकारको निर्णय गरेको छ ।

यस्तै भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।