चाहेको कुरा पाउनु सफलता होइन बरु चाहानाको नियन्त्रण हो

बुधबार, ७ साउन २०७७

काठमाडौं – हामी बस्तुस्थितिको वास्ता नगरी आफूले चाहेको कुरा गर्न चाहान्छौं । हाम्रा आफ्नो छोरो छोरीलाई उनीहरुको स्वास्थ्यलाई असर गर्नेगरी चक्लेट खान दिन्छौं । अर्को कुरा दिनमा एक वा दुई ओटा चक्लेट खान दिने बानी बसाल्ने हो भने यसले स्वास्थ्यमा नकरात्मक असर पार्दैन । बालबालीकाले पनि लामो समयसम्म चकलेटको आनन्द पाउँछन ।

मानिसहरुमा आफूले चाहेको कुरा गर्न पाउनु स्वतन्त्राता हो भन्ने गलत धारणा पाइन्छ । मानिसले आफूले चाहेको कुरा पाउँछ नै भन्ने छैन । धेरै जसो अवस्थामा सहि मूल्य र अनुशासनको फाइटा सजिलै बुझ्न सकिन्छ । कतिपय अवस्थामा अनुशासन बिना काम गर्नु फाइदाजनक, आनन्ददायी र विश्वासनिय लाग्न सक्छ । यस्तो अवस्थामा हामीले त्यस्ता अनगिन्ती उदाहारण हेरेर मात्र पुग्छ । जहाँ अनुशासन नभएकै कारण मानिसहरु सफल हुनबाट चुक्छन ।

अनुशासनले हामीलाई कहिल्यौ पनि नोक्सान पुर्याउँदैन । बरु यसले हामीलाई जीवन अघि बढ्न सिकाई रहेको हुन्छ । यही नै अनुशासनको फाइदा हो ।

एउटा केटा आफ्नो बुवासँग चङ्गा उडाइरहेको थियो । उसले बुवालाई सोध्यो, ‘बुवा के ले गर्दा चङ्गा माथि–माथि जान्छ ?’ उसको बुवाले भने, ‘धागोले चङ्गा माथि–माथि जान्छ छोरा ।’ फेरी उसले बुवालाई सोध्यो, ‘धागोले त चङ्गालाई तलतल तान्छ होइन र ?’ उसको बुवाले उसलाई ध्यानपूर्वक हेर्न भन्यो र धागो चुडाली दियो ।

त्यसपछि के भयो होला अनुमान गर्न सक्नुहुन्छ ? चङ्गा तल खस्यो । के यही कुरा जीवनमा लागु हुँदैन ? कतिपय अवस्थामा हामी जे कुराले तल तानिरहेको भन्ठान्छौं, त्यही कुराले हाम्रो जीवनलाई माथि लगिरहेको हुन्छ । यो कुरा अनुशासनमा पनि लागु हुन्छ ।

तसर्थ, ठूलो सपना देख्नेहरुले सानोतिनो प्राप्तीमा खुशी हुन थाल्यौं भने हाम्रो ठूलो सपनम अधुरो रहनेछ ।