भर्खरै सचिवमा बढुवा भएका विकेसहित ६ सचिवको सरुवा, को कहाँ ?

बुधबार, ७ साउन २०७७

काठमाडौं – सरकारले ६ जना सचिवको सरुवा गरेको छ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले गण्डकी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव हरिप्रसाद बस्यालको संघमा सरुवा गरेको हो। उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आएका छन्।

बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव तोयम रायाको पनि सरुवा भएको छ। उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आएका छन्।

अतिरिक्त समूहमा रहेका सचिवद्वय विश्णुप्रसाद नेपाल र डा मानबहादुर विकेको क्रमशः गण्डकी र बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा भएको छ।

कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ। भूमि सचिव केदार न्यौपाने अतिरिक्त समूहमा परेका छन्।