सुन र चाँदी भाउ आजसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं – हिन्दु नेपाली महिेलाहरुको महान चाँड तिज नजिकीदै गर्दा सुनको भाउ आकासिएको छ । आज सुन एक हजार तीन सय रुपैयाँ बढेर आजसम्मकै रेकर्ड कायम गरेको छ ।
आज नेपाली बजारमा सुनको मुल्य ९४ हजार पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघले बुधबार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ कायम गरेको छ।
अघिल्लो दिन मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
सुनको भाउ अन्तराष्ट्रिय बजारमा उच्च रुपले बढेको छ जसले गर्दा नेपाली बजारमा पनि सुनको भाउ उच्च रुपले बढेको हो। आज तेजाबी सुनको मूल्य ९३ हजार ५६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासँघले जनाएको छ।
त्यस्तै बुधबार चाँदीको भाउ पनि एकैदिन तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला १ हजार १३५ रुपैयाँ पुगेको छ। यो नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च भाउ हो। अघिल्लो दिन मंगलबार पनि चाँदी तोलामा ४० रुपैयाँले बढेर १ हजार ३० रुपैयाँमा खरिद बिक्री भएको थियो।