सफलताको मुख्य अस्त्र हो लक्ष्य, लक्ष्य निर्धारण कसरी गर्ने ?
काठमाडौं – एउटा भनाइ छ, ‘लक्ष्य निर्धारित गर्न सबैभन्दा कठिन काम हो । हामी यसमा सहमत छु । प्राय सबैको सहमति हुन्छ पनि । यो मुस्किल त छ नै तर जरुरी छ । र, असम्भव पनि होइन । स्पष्ट लक्ष्यसाथ गर्ने हो भने तपाई जे पनि गर्न सक्नुृहुन्छ । यदि लक्ष्य छैन भने तपाई केही गर्ने सक्नुहुन्न ।
गर्जाे टार्दाटार्दै पूरा जिन्दगी टरेर जान्छ । जिन्दगीमा असफल हुनुको कारण मान्छे आफ्नो धेरैजसो समय यस्तो कामलाई दिन्छन्, जसको उपयोगिता बिलकुलै हुँदैन या धेरै कम हुन्छ । यत्रो समय बरबाद गर्नुको कारण हो, उनीहरुलाइ थाहै छैन, साँच्चंै जीवनमा के गर्ने । वास्तवमा एक पटक लक्ष्य स्पष्ट भएपछि मात्र तपाईँमा समयको प्रबन्धन गर्नै योग्यता अचम्मले बढ्छ । हरेकले आफ्नो व्यक्तित्व चिन्ने प्रयास गर्नुपर्छ ।
युवा अवस्थामा मैलै के चाहेको हुँला भनेर थाहा पाउन निकै कठिन हुन्छ । के मनपराउँछु भनेर थाहा पाउनु वास्तवमै मुस्किल काम हो । किनकि त्यो बेला कति धेरैं ऊर्जा हुन्छ भने सबै काम गर्न मन लाग्छ ।
अक्षयकुमारको एक्सन मुभी हेरे ऊ जस्तै हुन मनलाग्छ, राम्रो फुटबलर, वकिल, डाक्टर, लेखक, पाइलट या समाजशास्त्री देखे उनिहरु जस्तै बन्न मन लाग्छ । राम्रो भाषण सुने नेता पनि हुन मनलाग्छ । यहाँनेर तपाई भ्रमित बन्न सक्नुहुन्छ । किनकि यो उमेर वास्तवमा म चाहान्छु चाहिँ के भनेर थाहा पाउन मुस्किल हुन्छ । अर्कोतिर पारिवारिक र सामाजिक दबाबका कारण पनि तपाई थाहा पाउन असमर्थ भइन्छ, ‘वास्तवमा तपाईको चाहना के ?’ तपाईको योग्यता र क्षमता कुन क्षेत्रमा विकसित हुन सक्छ ? यसबारे धेरै विचार गरियो भने चक्कर लाग्छ । यहि गोल चक्करमा नपर्न प्रायः केटी बिहेको हतार गर्न थाल्छन् र केटाहरु बिदेश जान पाए सब ठीक हुने थियो. भनेर सोच्न थाल्छन् ।
तपाईँमा महान् राजनेता, अभिनेत, विजेता बन्ने क्षमता लुकेको छ । तर आफ्ुनो रुचि चाहा पाउन नसकेर, परिवारको दवावमा आएर इन्जिनियर वा डाक्टरस बन्न तिर लाग्छौं । जीवनको साँचो आनन्द कहाँ र कुन ठाउँमा आउँछ भनेर थाहा पाउने पहिलो काम हो, जुन कठिन छ । सर्वोत्तम लक्ष्य खोज्नका लागि तपाईँले शैदान्तिक र व्यवहारीक ज्ञान हाँसिल गर्नुपर्छ । यो ज्ञान तपाईँलाई कर्म र अध्ययनले दिन्छ ।किनकी तपाईँको रुचि के मा छ भनेर थाहा पाउन पनि प्रज्ञाको आबस्यक पर्छ । यदी तपाईँले सहि ज्ञान लिनसक्नु भएन भने यो कुरा कहिल्यौ थाहा पाउनु हुन्न ।