कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
काठमाडौं – कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । बाराकी १७ बर्षिया महिलाको विरगञ्जमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वासप्रस्वासको समस्या भएपछि अस्पताल भर्ना भएकी उनमा कोरोना पोजेटिभ देखिएको थियो । उपचार गर्दागर्दै शरिरमा अक्सिजनको कमिभई शुक्रबार बेलुको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले बताए ।