कोरोना संक्रमित बढेको भन्दै महानगरपालिकाका अत्यावस्यक बाहेकका सबै सेवा बन्द

आइतबार, ११ साउन २०७७

विराटनगर – विराटनगर महानगरपालिकाले कोरोना संक्रमित बढेको भन्दै अत्यावस्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ । कोभिड–१९ को सङ्क्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्दै सोमबारदेखि अत्यावश्यकबाहेक अन्य सेवा कार्य स्थगित गर्ने भएको हो।

महानगरपालिका प्रमुख भीम पराजुलीको अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति )सिसिएमसी)को बैठकले नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापनप, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय गरेको हो ।

बैठकले नगरक्षेत्रभित्र सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन वृद्धि हुँदै गएकाले सचेतनाका साथ स्वास्थ्य एवं सुरक्षामा आवश्यक कडाइ गरिने भएको छ । उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल एवं सुझावअनुसार नगरभित्र थप कडाइ गर्ने निर्णय गरिएको हो ।।