कालिकोटमा भिषण पहिरो, एकै परिवारका ५ जना वेपत्ता
कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा ठूलो पहिरो गएको छ । पहिरोमा परि एकै परिवारका ५ जना वेपत्ता भएका छन ।
गएरात्री अबिरल बर्षापछि आएको पहिरोले रास्कोट नगरपालिका वडा नम्बर १ बडल्तोला निवासी जय बहादुर शाहीको घर बगायर उनीसहित ५ जनलाई वेपत्ता बनाएको हो । अहिले उनीहरुको खोजी कार्यभइरहेको रास्कोट नगरपालिकाले जनाएको छ ।
यस विषयमा थप विवरण आउन बाँकी छ ।
फायल तस्वीर