तपाईँलाई रिस उठ्छ ? रिसलाई यसरी शक्तिमा बदल्नुहोस्

आइतबार, २९ असार २०८२

काठमाडौं – रिस कमजोरी हो । यसलाई कसरी शक्तिमा बदल्न सकिन्छ ? एक जना महिलाले यसलाई म्याड बनेर देखाइन । MADD अर्थात  Mother Agaist Drunk Driving । एक पियक्कठ ड्राइभरका कारणले तिनले आफ्नो छोरा गुमाएकी थिइन । यस घटनाबाट उनी यति क्रुद्ध भइनकी उनले यस्तो गैरजिम्मेवारी व्यवहार समाजका अरु सदस्यले सहन नपरोस भनेर एउटा अभियाननै सुरु गरिन् ।

पिएर सवारी साधान चलाउने प्रबृति हतोत्साहित गर्न उनले देशभरका मानिसहरुलाई संगठित गरिन । उनले आफ्ना हजारौं समर्थकहरुको सहयोगमा माधकपदार्थ पिएर सवारी साधन चलाउने विरुद्ध कानुन निर्माण गर्न सफल भइन । अहिले यो कानुनले विश्वभरी मान्यता पाएको छ । यी महिला अमेरिकी नागरिक थिइन ।

नकरात्मक भावनालाई सिर्जनात्मक बनाउने यो एउटा उदाहरण हो । प्रायः मानिसहरु भन्ने गर्दछन, ‘सकारात्मक वा नकरात्मक कुराहरु एक पटक देख्दैमा वा सुन्दैमा खास असर पर्दैन’ तर यो कुरा सही होइन । हामीले एक पटक मात्र देखे सुनेका कुराहरुबाट प्रत्यक्ष परिवर्तन देखिदैन होला तर ती कुरा अप्रभावित भने रहेनन् ।

चिनमा पाइने एक किसिमको बाँसको विरुवालाई ४ बर्षसम्म पानी हाल्ने, गोडमेल गर्ने, किटनासक हाल्ने गर्दा पहिला फस्टाएको देख्न सकिन्न । तर पाँचौं बर्षमा जब बाँस फस्टाउन थाल्छ र ६ हप्ता भित्र ९० फिट उचाईँको हुन पुग्छ ।

प्रश्न के उठ्छ भने, बाँस ६ हप्तामा फस्टाएको हो ? यदी चार बर्षसम्म यसको गोडमेल नगरेको भए फस्टाउथ्यो होला त ? पक्कै पनि फस्टाउँदैनथ्यो । त्यति नगरेको भए त विरुवा नै मरिसक्थ्यो होला ।

यस घटनाले के कुरा प्रस्ट पार्छ भने हामीले धैर्य राख्नु पर्छ र सहि काम गर्दै जानुपर्दछ । परिणाम अहिल्यौ नदेखिए पनि केही न केही भइरहेकै हुन्छ । तसर्थ रिसलाई शक्तिमा बदल्दै परिणामका लागि धैर्य गरेको खण्डमा अवस्य सफलता हात लाग्ने छ ।