कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
वीरगन्ज — नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार वीरगन्ज महानगरपालिका–७ रेशमकोठी निवासी ६८ वर्षीय वृद्धको बुधबार बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
उनका अनुसार वीरगन्जकै एड्भान्स मेडिकेयर हस्पिटलमा उपचारको क्रममा पुरानो मुटु रोगी ती वृद्धमा स्वासप्रश्वासमा समस्या देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना देखिएको थियो ।
कोरोना पोजिटिभ देखिएपछि साउन ८ मा एड्भान्स मेडिकेयरबाट कोरोना अस्पताल रेफर गरिएको डा. सिंहले बताए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० पुगेको छ ।