धिताल चिरिच्याँट्टको साँढे जात्रा २०७७ सार्वजनिक
काठमाडौं –हास्यव्यंग्य कलाकार एवम् रंगकर्मी कृष्ण प्रसाद धिताल (धिताल चिरिच्याँट्ट) ले बाख्राखोरमा क्वारेन्टाइन साँढे जात्रा २०७७ सार्वजनिक गरेका छन् ।
गाईजात्रालाई लक्षित गरि धितालले समसामयिक बिषयहरुमा ब्यंग्य प्रस्तुत गरेका छन् ।उनले कोरोना भाईरसको नाममा करोडौ भ्रष्टाचार भएको, क्वारेन्टाइन मापदण्ड पुरा नगरी भेंडा बाख्रा राख्ने ठाउँ जस्तो रहेको, कोरोना परीक्षण १०्२० हजार दैनिक गर्ने भनेर जनतालाई भ्रममा पारि नेता सांसद आसेपासेहरुको चाहि लाइन लगाएर परीक्षण गरेकोप्रति तिखो ब्यङ्ग्य प्रहार गरेका छन् ।
राजनैतिक नेतृत्व कहिले नसुर्धेको र जनताबाट निर्वाचित कार्यकारी प्रमुख देशको आबश्यकता भएको औंल्याएका छन् । लेखन अभिनय धितालकै रहेको साँढे जात्राको विजयराज भुर्तेलले निर्देशन,गरेका छन् भने छाँयाङ्कन रिजन लुईटेलको रहेको छ । चिरिच्याँट्ट इन्टरटेनमेन्ट नेपाल युटुब च्यानलबाट सार्बजनिक भएको छ ।