बाढी पिडितलाई तत्काल राहत दिन राष्ट्रिय सभा सदस्य नरपति सुनारको माग (विज्ञप्तिसहित)
काठमाडौं – राष्ट्रिय सभा सदस्य नरपति सुनारले बाढी पहिरोमा परि ज्यान गुमाउनेहरुको परिवारलाई राहत दिन तथा वेपत्तहरको खोजी गर्न जोडदार माग गरेका छन । अविरल बर्षापघि आएको बाढी पहिरोमा परि ज्यान गुमाएकाहरु प्रति श्रदान्जली व्यक्ति गर्दै पडित परिवारका सदस्यलाई राहत दिन सरकारसँग जोडदार माग गरेका हुन ।
विहिबार एक विज्ञप्ति जारी गर्दै सुनारले कालिकोट जिल्लाको रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा अविरल बर्षापछि आएको बाढीले दर्जन बढिको ज्यान गएको र केही वेपत्ता भएको घटना प्रति दुख व्यक्त गरेका छन ।
उनले विज्ञप्तिमा भनेका छन, ‘यस्तो अपकल्पनीय प्राकृतिक प्रकोप प्रति सचेत हुन सबैलाई अनुरोध गर्दछु । पहिरोमा परि ज्यान गुमाउने सबै जना प्रति हार्दिक श्रजान्जली व्यक्ति गर्दछु । शोकाकुल परिपारजन प्रति संवेदना व्यक्ति गर्दछु ।’
उनले विज्ञप्तिमा अगाडी भनेका छन्, ‘सबै वेपत्ताहरुको यथाशिघ्र खोजी गरियोस । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पिडित परिवारलाई समयमै राहतको व्यवस्था गरियोस भनी सरकारसँग जोडदार माग गर्दछु ।’
विज्ञप्तिमा उनले आफूपनि राहत तथा उद्यारका लागि पहलकदीम लिनेमा प्रतिबद्धता रहेको बताएका छन ।
