अझै रोकिएन जीवन निरौलाको ज्यान मार्ने धम्की, ‘विदेशमा बसेर नेपालमा ब्ल्याकमेल’

बिहिबार, १५ साउन २०७७

काठमाडौं – सोलुखुम्बु स्थायी घर भएका जीवन निरौंलाले विगत केही महिनादेखि एक महिलालाई विदेशबाट बारम्बार ज्यान मार्ने धम्की दिएको पाइएको छ । केही समयअघि प्रहरीसँगको छलफल पश्चात आइन्दा यस्ता गल्ती नगर्ने भन्दै माफि मागेर गएका निरनैलाले उनै महिलालाई पुःन ज्यान मार्ने धम्की दिन थालेका छन ।

आफूसँग जसरी पनि विहे गर्नपर्ने यदी विहे नगरेको खण्डमा ज्यानसमेत लिने धम्की दिन थालेको पिडित महिलाले बताएकी छिन । दोश्रो विहे गरेर दुई ओटा श्रीमतिलाई अलपत्र छोडेका निरौला तेश्रो विहे गर्ने भन्दै रामेछापकी ती महिलालाई ब्ल्याक मेल गर्दै आएका छन ।

लगभग ४५ बर्षका निरौलाकी २० बर्षिय छोरी र १७ बर्षिय छोरासमेत रहेको पाइएको छ । उनी विगत ४ बर्षदेखि मलेसियामा रहेको पिडित महिलाले बताएकी छिन । सामाजिक संजाल फेसबुकमार्फत चिनजान भएका उनीहरु विगत ६ महिनादेखि प्रेम सम्बन्धमा थिए ।

पूर्वप्रहरी समेत रहेका निरौलाले आफू एक्लै भएको भन्दै ती महिलालाई विहेको प्रस्ताव गरेका थिए । विहे गर्न अस्वीकार गर्दै आएकी महिलाले निरौलाका दुई ओटा श्रीमति र छोराछारीसमेत भएको थाहा पाएपछि टाढिन खोजेकी थिइन । तर उनले आफूसँग विहे नगरे जे सुकै गर्ने भन्दै धम्की दिने गरेको पिडित महिलाको बयान छ ।

ती महिलाले विहे गर्न अस्वीकार गरेपछि निरौलाले फोटो सपको माध्यमबाट फोटो बनाई विवाह गरेको भन्दै सामाजिक संजालमा संयुक्त फोटोसमेत पोस्ट गरेको पाइएको छ । सामाजिक संजाल फेसबुकमा आफ्नी श्रीमति भएको भन्दै महिलाको आफन्तलाई उक्त फोटो पठाएर विहे गर्न दवाव दिएको महिलाले बताउकी छिन ।

ती महिलामात्र होइन निरौलाले दर्जनौँ महिलाहरुसँग यसैगरी शारिरीक सम्पर्क गर्ने र अलपत्र पार्ने गरेको बुझिएको छ । उनी विरुद्ध प्रहरीको साइवर क्राइम ब्युरोमा आइवर अपराधसम्बन्धी मुद्धा समेत दर्ता भएको छ ।