बोलेका कुरा फिर्ता लिन सकिदैन, त्यसैले ‘शब्द छनोटमा ख्याल गर्नुहोस्’

मंगलबार, २० साउन २०७७

काठमाडौं – आफूलाई जे मन लाग्यो, त्यही बोल्ने व्यक्तिलाई अरुबाट पनि त्यही सुन्नुपर्छ जुन उसलाई मन पर्दैन । हामी आफूले बोल्ने शब्दहरु होशियारीपूर्वक चयन गर्नुपर्छ । बोल्न हुने नहुने कुराको ख्याल गर्नु पर्छ । मानिसमा प्रतिभा भएर मात्र हुँदैन, त्यसलाई व्यवहारिक रुपमा उपयोग गर्न पनि जान्नु पर्दछ । हामीले बोल्ने शब्दले हाम्रो व्यक्तित्व झल्किन्छ ।

विचार नगरी बोल्ने हो भने हामीले बोलेका शब्दले अरुको भावनामाथि ठेस पुर्याउँन सक्छ र सम्बन्ध विग्रन सक्छ । प्राकृतिक विपत्तिभन्दा धेरै क्षेति मानिसहरुका गलत शब्दहरुले गर्दा भइरहेका हुन्छन । हामीले के बोल्ने भन्ने कुरामा सोच विचार गर्नुपर्छ, बोली सकेका कुरामा होइन । ज्ञानी र मूर्खमा यही कुरा फरक छ ।

मूर्ख सोच विचार नगरी बोल्छ । ज्ञानी बोल्न अगाडी संधै सोच विचार गर्छ । तित्ततायूक्त शब्दले ठूलो क्षेति पुर्याउन सक्छन । प्रायश ः अबस्थामा बाबुआमाको बोल्ने तरिकाले छोरोछोरीको भविष्य निर्धारण गरिरहेको हुन्छ ।

एक पटक एउटा किसानले आफ्नो छिमेकीलाई झपार्नु झपारेछन् । आफूबाट गल्ती भयो भन्ने महसूस गरेर उनले सन्त कहाँ गएर माफी मागेछन । सन्तले उनलाई एक झोला कपास लगेर सहरको विचमा छोड्न भनेछन । सन्तले भनेअनुसार किसानले एक झोला कपास लगेर कुनै एक ठाउँमा छोडेर सन्त कहाँ आएछन ।

सन्तले फेरी किसानलाई आफूले छोडेको कपास लिएर आउन भनेछन । सन्तको भनाई अनुसार किसान फेरी कपास बटुल्न हिडेछन । उनले जहाँ कपास छोडेका थिए त्यहाँ केही पनि थिएन, सबै कपास हावाले उडाइसकेको थियो ।

जब उनी रित्तो झोला लिएर सन्त कहाँ आए, तब सन्तले भने, ‘यही कुरा तिमीले बोल्ने शब्दमा पनि लागू हुन्छ । तिमी सजिलै आफूलाई मन लागेको कुरा बोलिदिन्छौ तर यसलाई फिर्ता लिन सकिदैन । आफूले बोल्ने कुरामा होशियार हुनुपर्छ ।