उत्साहबिना कुनै काम पूरा भएका छैनन्, त्यसैले उत्साहित हुनुहोस्
काठमाडौं – उत्साह र सफलता सँगसँगै आउने कुरा हुन तर उत्साह चाँहि पहिला नै आउने गर्दछ । उत्साहले विश्वास बढाउने काम गर्छ । यस्तो व्यक्तिको आत्मबल र बफादारी बढाउँछ, जुन व्यक्तिका अमूल्य निधी हुन् ।
उत्साहमा फैलिने प्रबृति हुन्छ । मानिसको हिँडाई, बोलाई, हात मिलाईबाट उनीहरुको उत्साह थापा पाइन्छ । उत्साह एक किसिमको स्वभाव हो । जुन व्यक्तिले ग्रहण गर्न र अभ्यास गर्न सक्छ ।
धेरैअघि ‘चाल्स सेवब’लाई उनको कमाईको बारेमा प्रश्न सोधियो । त्यतिखेर उनी १ बर्षमा १० लाख डलर तलब भत्ता लिन्थे । उनलाई यही विषयमा सोधियो, ‘तपाईँलाई यति धेरै तलब धेरै स्टिल उत्पादन गर्ने सक्ने क्षेमता भएको कारणले गर्दा दिइएको हो ।’
उनले उत्तर दिए, ‘मेरो खुवी भनेको मानिसहरुमा उत्साह जगाउने मात्र हो जस्तो लाग्छ । त्यो नै मेरो सबैभन्दा ठूलो पूँजी हो । यो मार्ग हो । जसले मानिसमा भएको उत्कृष्ट सीपमा निखार ल्याउँछ र प्रेरित गर्ने काम गर्दछ ।’
तपाईँ जबसम्म जिवित हुनुहुन्छ, भरपुर र आनन्दसँग बाच्नुहोस् । मृत्यु भन्दा अघिनै नमर्नुहोस् । उत्साहित भएर काम गर्नुहोस् । राल्फ वाल्डो यमर्सनको भनाई छ, ‘उत्साहबिना कुनै पनि कुरा पूरा भएको छैन ।’ तसर्थ उत्साहित हुनुहोस् ।
उत्साहका लागि संधैभरी मोटिभेट न्यूज डटकमलाई लगइन गर्नुहोस् । हरेक दिन विहान उत्साह, प्रेरणा र सफलताका कथाहरु पढ्न पाइन्छ ।