झुट बोल्नु भनेको अविस्वास बढाउनु हो

आइतबार, २५ साउन २०७७

काठमाडौं – हामी सबैलाई भेडा गोठालेको कथा थाहै छ, जो ‘बाघ आयो’ भनेर कराउने गर्दथ्यो । उसलाई एकदिन रमाइलो गरौं न त भन्ने सुर आयो र गाउँलेलाई भुक्याउने विचार गर्यो । उसले भेडा चराइरहेको ठाउँबाट ‘बाघ आयो, बाघ आयो’ भनेर चिच्यायो । गाउँलेहरुले उसको गुहार सुनेर डौडेर उसलाई बचाउन गए । जब गाउले उसलाई सहयोग गर्न पुगे, त्यहाँ बाघ थिएन । गोठालो भने गाउँलेहरुलाई देखेर मख्ख परिरहेको थियो ।

दोश्रो दिन पनि गोठालोले ‘बाघ आयो, बाघ आयो’ भनेर गाउँलेसँग गुहार माग्यो । गाउँलेहरु उसको उद्धार गर्न भनेर डौडेर गए तर बाघ आएकै रहेनछ । फेरी पनि उसले गाउँलेहरुलाई झुक्यायो । एकदिन गोठालोे साँच्चै बाघ आएको देख्यो । बाघले भेडालाई झम्टिरहेको थियो ।

आत्तिएर उसले गाउँलेसँग गुहार माग्यो । ‘बाघ आयो, बाघ आयो’ भनेर करायो, चिच्यायो । तर यसपटक उसलाई सहयोग कोही पनि आएनन् । गाउँलेहरुले यसपटकपनि गोठालोले ठट्टा गरेको भनेर सोचे । र उसलाई उद्धार गर्न गएनन् । बाघले उसका केही घोडा लग्यो ।

जब तपाईँ झुट बोल्नुहुन्छ, तपाइँले आफ्नो विश्वासनियता गुमाउनु हुन्छ । विश्वासनियता गुमाएपछि तपाइँले सहि कुरा गर्नुभयो भनेपनि तपाईँलाई कसैले विश्वास गर्दैन । तसर्थ इमान्दारिता राम्रो चरित्रको गुण हो । इमान्दार बनौं, सबैको सहयोग प्राप्त गरौं ।