कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ७४ पुग्यो
काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ६२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिम क्षेत्रिय अस्पतालले जनाएको छ ।
साउन १७ गते कोरोना संक्रमण भई आइसीयुमा उपचार भइरहेका पुरुषको शनिवार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको हो । यसअघि सोही अस्पतालमा कोरोन संक्रमति भएर उपचार गराइरहेका दुई जनाको मृत्यु भइसकेको छ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङख्या ७४ पुगेको छ।