काठमाडौंमा कोरोनाको उच्च जोखीम

आइतबार, २५ साउन २०७७

काठमाडौं – तराईका केही जिल्लासँगै काठमाडौं उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ। काठमाडौंमा दैनिकजसो नै संक्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा संक्रमण देखिएपछि उनीहरुमार्फत नै उपत्यकामा संक्रमण बढेको बताइएको छ। योसँगै आम जनमानसको प्रत्यक्ष सम्पर्कमा हुने सुरक्षाकर्मीमा संक्रमण ह्वात्तै बढ्यो। विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन्। उनका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ।