२४६ जनाको शव नेपाल ल्याइयो
काठमाडौं – उद्धार उडानमार्फत विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ।
कोभिड(१९ महामारीका कारण लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमित हवाई उडानहरू बन्द छन्।
१७२ जनाको भने गन्तव्य मुलुकमै अत्येष्टीका लागि परिवारको सहमति प्राप्त भएको गैरआवासीय नेपाली संघअन्तर्गतको ुकोभिड १९ु उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।
विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी रहेको शर्माले बताए।