सार्क मुलुकमा उडान तत्काल नखुल्ने
काठमाडौं – अन्तर्राष्ट्रिय तथा अन्तरिक हवाई उडान १ भदौबाट सुरु गर्ने सरकारको पुरानै निर्णय हो । तर कुनकुन मुलकबाट आउन दिने प्रोटेकल के हुने भन्ने टुंगो लागेको छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने पहिलो चरणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुक बाहेकका देशमा मात्र उडान गर्ने गरी प्रस्ताव गरेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेको छ भने अरु देशमा पनि संक्रमण नियन्त्रणमा आइसकेको छैन