प्रदेश १ मा अहिलेसम्मकै उच्च संक्रमण थपिए ९८ नयाँ संक्रमित
प्रदेश १ मा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । प्रदेशमा मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका हुन् ।
जसमा मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा दुई, इलाम र ताप्लेजुङमा एक–एकजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए ।
विराटनगरमा मात्र आज ५० जनामा संक्रमण देखिएको छ ।
विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङको बुढीगंगामा १० पुरुष, बेलबारीमा एक पुरुष, सुनसरीको दुहबीमा दुई महिला र पाँच पुरुष, धरानमा दुई महिला र दुई पुरुष, देवानगञ्जमा तीन पुरुष, हरिनगर र इनरुवामा एक–एक पुरुष, सुनसरीको स्थानीय तह नखुलेका एक महिला एक पुरुष, उदयपुरको बेलकामा चार पुरुष र तीन महिला, त्रियुगामा तीन महिला र पाँच पुरुष, झापाको मेचीनगरमा एक महिला र एक पुरुष, इलामको सूर्योदयमा एक र ताप्लेजुङको फुङलिङमा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ५३ पुगेको छ ।
बेलबारीका पुरुष भने इलाका प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मी हुन् ।