कसरी आउँछ तत्काल परिवर्तन गर्न सक्ने शक्ति ?
काठमाडौं – कृष्ण राजनीतिका परम ज्ञाता तथा दर्शनका प्रकाण्ड विद्दान् थियो । धार्मिक जगत्मा पनि उनी नेता एवं प्रवर्तक थिए । यसैले उनले योगीश्वर तथा जगत्गुरु (कृष्ण वन्दे जगद्गुरुम्) जस्ता उपाधि पाएका थिए । उनले आफ्नै सर्वतोमुखी प्रतिभा र क्षमताका कारण यस्ताखालका उपाधिहरु पाएका हुन ।
वास्तवमा उनी युगपुरुष थिए, जो पछि गएर अवतारका रुपमा स्वीकार गरिए । तत्कालीन समाजले उनलाई आफ्नो आराध्यदेव तथा आदर्श मार्गदर्शक मानेर सबै जीवनक्षेत्रमा उनको अनुसरण गर्नुलाई नै आफू धन्य भएको सम्झन्थ्यो ।
गीताको योे अदभुत् कथा दृष्टिविहीनको जिज्ञासाबाट सुरु हुन्छ । अर्को कुरा हरेक जिज्ञासु दृष्टिविहीनको हुन्छ, जब ऊ जिज्ञासा राखिरहेको हुन्छ । केही विद्दानहरु कुतर्क गर्छन्, ‘महाभारतको घटना इतिहासमा कहिल्लै भएको थिएन । यो त केवल रचनाकारको कल्पना मात्र हो ।’ यदि यस्तो हो भने धृतराष्ट जस्तो पात्रबाट यसरी जीज्ञासा राख्नु अझ ठूलो मनोबैज्ञानिक सोच हो । वास्तवमा गीतामा विशाल मनोविज्ञान लुकेको छ । दृष्टिविहिनले पनि देख्न र सत्य थाहा पाउन चाहान्छ । यही चाहनाको परिणाम सारा ग्रन्थको सिर्जना हुन्छ ।
तपाई असल मानिस हो । तपाई धेरै सफलता, सुखी, उल्लास र उमङ्गले भरिएको उत्कृष्ट जिन्दगीको हकदार हुन्हुन्छ । यसका लागि तपाईँले सधैँ कर्म गर्नु आवश्यक छ । त्यो पनि निष्काम कर्म । गीताको प्रमुख दर्शन यही हो ।