विप्लवका भक्तपुर जिल्ला सेक्रेटरी शाही रिहा
काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी ऐनबहादुर शाही (अखिल) रिहा भएका छन । शाही ४७ दिनको प्रहरी हिरासत र कारागार बसाई पछि रिहा भएका हुन ।
उनलाई प्रहरीले माघ १५ गते पक्राउ गरी भक्तपुर लगेको थियो । भक्तपुर जिल्ला अदालतमा उनी विरुद्ध सरकारी वकिलको कार्यलयले बम विस्फोट सम्बन्धि मुद्धा दर्ता गराएको थियो ।
जिल्ला अदालतले साधारण तारिसमा रिहा गर्न आदेश दिएको थियो । प्रहरी हिरासतबाट रिहा भएका उनलाई फेरी पक्राउ गरी ललितपुर पुर्याइएको थियो । ललितपुर प्रहरीले जिल्ला प्रशासन कार्यलय ललितपुरमा अभद्र व्यवहारको मुद्धा दर्ता गरेको थियो । उनको मुद्धामा छलफल गर्दै जिल्ला प्रशासन कार्यलय ललितपुरले १० हजार धरौटीमा छोड्न आदेश दिएको थियो । तर उनले १० हजार रुपैयाँ नबुझाएपछि कारागार चलान भएका थिए ।
आज जिल्ला प्रशासन कार्यलय लतिलपुरले तोकेको १० हजार रुपैयाँ धरौटी तिरी शाही रिहा भएका छन ।