काठमाडौंमा एक हप्ते निषेधाज्ञा, के खुल्छन्, के बन्द हुन्छन ?
काठमाडौं – आज राती १२ बजेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी हुने भएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ता लामो निषेधाज्ञा लागु गर्ने निणर्य गरेका हुन ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले एक हप्ताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको हो।
संक्रामक रोग ऐन २०२० को दफा २ एवम् न्याय प्रशासन ऐन २०२८ को दफा ६ (३)बमोजिम भदौ ३ गते राति १२ देखि १० गते रातिसम्म निषेधाज्ञा जारी गरिएको काठमाडौं प्रशासनले जनाएको छ।
यो निषेधाज्ञामा औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन भनिएको छ।
यस्तै, अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै व्यापार(व्यवसाय बन्द गरिने छ।
अत्यावश्यक सामग्रीलगायतका मालबाहक ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक काठमाडौंमा सवारीसाधन भित्रिन दिइने छैन। जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन पनि बन्द हुनेछन्।
यो सूचनामा हेर्नुहोस् के खुल्छन् के खुल्दैनन् ?
