डा.शेखरमा गिरिजाको झल्को

आइतबार, ७ भाद्र २०७७

विराटनगर – नेपाली काँग्रेसले गएको निर्वाचनबाट पार्टी सुद्धिका लागि केही संकेत त पाएकै होला । केही कुराहरु बुझेकै होला । बुझेको छैन भने पनि बुझ्ने प्रयास गर्नुपर्छ ।

नेपाली काँग्रेसको पराजयलार्र्इ व्यक्तिको पराजय नठानियोस् र जसले यस्तो ठान्छ झनै ठूलो त्रुटी हुने छ । काँग्रेसको पराजय हुनुका मुख्य कारणहरु विगतका राम्रा राजनीतिक कार्यहरुलाई चुनावी रणनीतिका मुद्धा वनाउन नसक्नु र प्रकाशमा ल्याउ नसक्नु नै हो । सवै भन्दा ठूलो गल्ती काँग्रेसमा धेरै साइलेन्ट भोटहरु छन, तिनिहरुलार्इ चलायमान गर्न नसक्नु हो । यस्ता धेरै प्रतिष्ठित, सम्मानित र समाजमा अगुवाइ गर्ने नेपाली काँग्रेसमा छन, जो घर दैलो कार्यक्रम निस्कदा, चारतारे झण बोकी रुखमा भोट माग्दै हिडदा निश्चय नै एक पटक मतदाताहरु पनि सोच्न बाध्य हुने थिए ।

यो सोचाइ नेपाली काँग्रेसको लागि उपयोगी र फलदायी हुने पक्का थियो तर त्यस्तो गर्न पार्टी र पार्टीबाट उम्मेदवार बनेकाहरुले आवस्यक ठानेनन् या यिनिहरुको बुद्धिले काम गरेन । यिनिहरुको दम्भ, घमन्डले वा अतिविस्वासले यसो गर्न दिएन । तर अहिले डा. शेखर कोइरालाले यही कुरालार्इ मनन् गरेर अव पार्टीमा लागेकाको मुल्यांकन हुनेछ भनेका छन ।

उनले भनेका छन्, ‘म पार्टी पराजयको जिम्मेवारी लिन्छु । आगमी दिनको पहिलो पार्टी बनाउने प्रण पनि गर्दछु ।’ यसरी जिम्मेवारी लिनु पनि राम्रो संकेतको रुपमा लिन सकिन्छ। यही कुरा अन्य नेतृत्वतहमा वसेकाले भन्न सकेका छैनन् । पार्टी संचालनमा नेतृत्वतहमा बसेकाहरु उदार हुनु पर्छ र आफ्ना कार्यकर्ताहरुको संरक्षण र मुल्यांकन गरेर क्षमता र हैसियत अनुसार ज़िम्मेवारी दिदै जानु पर्छ । जुन डा. शेखर कोइरालवाट सम्भव छ ।

उनको यो विचारले कांग्रेसमा जीवन दिनेछ भन्न्े विषयमा बहस हुन थालेको छ । नेता कोइरालाको यही विचारकै प्रतिफल उहाँ विराटनगर आउँदा एयरपोर्टमा होस या निवासमा हुने गरेको कार्यकर्ताको उपस्थितिले शिर्षनेता गिरिजा प्रसाद कोइरालाको सम्झना गराउन थालेको टिप्पणी हुने गरेको छ ।

काँग्रेसले अव कठोर हुनु पर्छ । कठोर यस अर्थमाकी पार्टीमा एउटा अनुशासन छैन । पार्टीलाई एउटा मन्दिर जस्तो बनाइयो, जहाँ जुनै वेला जो पनि प्रवेश गर्दछन र जसलाई वहिर्गमन गर्न सकिन्छ । मन्दिरमा धैरै जुता र चप्पल चोरहरु आउछन र सच्चा काँग्रेसीले, खाली खुट्टा हिडनु पर्छ । अहिलेको चुनावी परिणामको नतिजाले यही कुरा पुष्टि गरेको छ ।

विपीको त्यो काँग्रेस अहिले सप्तरीको व्रम्हजियाको पेड़ा पसल जस्तो भएको छ । ‘बुढोको पेडा’ नाम अगाडी विशेषण लगार्इ सवैले बुडोको पेडा पसल भनेर जसरी नाम राखेका छन, त्यस्तै विपीको नामसँग काँग्रेसलार्इ जोडेर ‘हामी असली संस्थापन, हामी संस्थापन र संस्थापन’ यी तीन गुटले आ–आफ्नो पसलको नाम यसरी राखेर कार्यकर्ता वटुल्नतीर लागेका छन् ।

कार्यक्रता अन्योलमा छन् । यस्तो अवस्थामा काँग्रेसी कार्यक्रर्ताले सुद्ध चिज पाउँछन त ? सुद्ध चिन्तन, सुद्ध विचार, सुद्ध चरित्र, सुद्ध आचरण, सुद्ध नेतृत्व पाउछन त ? यस्तो हर्कतले कार्यक्रता कतै ठगिन्दै त छैनन् ?कार्यक्रताका शोषण त हुदैछैन ? कार्यक्रताको दोहन त हुदैछैन ? नेतृत्वप्रति यस्तो थुप्रै प्रश्नहरु खडा भएका छन ।

यो संवेदनसिल विषय हो । यसमा नेतृत्वले गरेको लापर्वाही, हेलचक्राइ र उदासिनताले नेपाली काँग्रेसको भविस्य सुनिस्चित गर्छ त ? नेतृत्व तहमा वसेकाले सोचौं !

अव पुराना र निष्ठावान, विपीको समाजवाद बुझेका, चारतारेलार्इ बुझेका व्यक्तिहरु थुप्रै पार्टीमा छन । जो अहिले पार्टीदेखि दुरी बनाएर बसेका छन् । पार्टीदेखि विरत्तिएका छन । पार्टीदेखि उच्चाटन भएका छन, विस्थापित भएका छन । उनीहरुलाई घर घरमा गएर, त्यो पनि कार्यक्रता होइन, युवा पुस्ता होइन, काँग्रेसका शिर्ष नेताहरुले गएर भेटेर पार्टीमा समाहित गराउनु पर्छ । उनीहरुको स्वभिमान, प्रतिष्ठाको उच्च कदर गर्नु र गराउन सक्नु पर्छ । हो यही कार्य अहिले डा. शेखर कोइराला गरिरहेका छन ।

मेचीदेखि महाकालीसम्म संगठन बनाउन र कार्यक्रतासाथीहरुको मनोवल उच्च बनाउन जिल्ला जिल्लामा सम्पर्क राखिरहनुले पनि गिरिजा कोइरालाको झ–झल्को डा. शेखरमा देखिदैछ ।

अहिले नेपाली काँग्रेसमा रहेका शिर्ष नेताहरु लगायत केन्द्रीय र जिल्ला स्तरिय नेताहरुले सधै राष्ट्र, समाजको डर राखेर काम गर्नु पर्छ । भोलि कसैले अनुचित प्रश्न नगरोस, भोली कसैले चोर औला नदेखाओस, पार्टीमा ज़िम्मेवार पद लिएर बसेकाहरुको चारित्रिक आचरणनै पार्र्टीको प्राण हो, पहिचान हो ।

यसरी सबैले यस्तो विचार धारण गर्दा काँग्रेस जनमानसमा समाहित हुन्छ र यस्तो अवधारण पार्टीमा बिकसित गराउन पार्टी एकपल्ट कठोर हुनै पर्छ । यसरी काँग्रेसलार्इ सुद्ध गर्नै पर्छ ।

यो सुद्धीमा कोही पनि विस्थापित र अपमानित भएको न ठानियोस् । यसले त कार्यक्रता पार्टीमा नै रहने, कसैको विकार नहुने, फोहरमैला, दुसितपना, प्रदुसित पनामात्रै फालेर, हटाएर प्रतिबद्ध, दत्तचित भएर लाग्नु पर्ने वातवरण सृर्जना गर्न सकियो भने साच्चै काँग्रेसले कहिल्यै पराजय, भोग्नु पर्दैन । जहिल्यै पनि राष्ट्रको नेतृत्वदायी भुमिकामा रहिरहने छ ।