युद्ध लामाको नयाँ गीत ‘यो उकाली ओराली’ सार्वजनिक (भिडियोसहित)

मंगलबार, ९ भाद्र २०७७

काठमाडौं – युद्ध लामाको नयाँ गीत ‘यो उकाली ओराली’ सार्वजनिक भएको छ । गीतमा लामा आफैले स्वर दिएका छन भने राम बहादुर राईको शब्द र संगीतमा रहेको छ ।

लामो समयदेखि नृत्य प्रशिक्षक, म्युजिक भिडियो निर्देशक तथा मोडलका रुपमा रहेका युद्ध लामा ब्लोनको यो पहिलो गीत हो ।

यो गीतमा अभिनय पनि उनी आफैले गरेका छन । उनलाई अभिनयमा अनिता गोलेले साथ दिएकी छिन ।