प्रधानमन्त्रीको चाहना अनुसार ‘जनताको समृद्धि’को सपना पुरा हुँदैछ : मन्त्री मानन्धर
काठमाडौ – सहरी विकास राज्यमन्त्री रामविर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसारको ‘जनताको सम्बृद्धि’को सपना पुरा गरेरै छोड्ने अठोट व्यक्त गरेका छन । शुक्रबार रानीपोखरी पुनर्निर्माणमा भएको प्रगतिको अुनगमन गर्दै राज्यमन्त्री मानन्धरले कोरोना कहरबीच सरकार जनताको समृद्धिको चाहना पूरा गर्न लागि परेको र प्रधानमन्त्री ओलीको ‘जनताको सम्बृद्धि’को चाहना पुरा गरेरै छोड्ने बताए ।
रानीपोखरी पुनर्निमार्णमा भएको प्रगतिले ‘जनताको सम्बृद्धि’ नजिकिँदै गएको प्रमाणित हुने बताए । अुनगमनपछि संक्षिप्त मन्तव्य दिदै राज्यमन्त्री मानन्धरले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा जनताको सम्मृद्धिको सपना पूरा गर्न आफूहरु लागि परेको बताए ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँगै अनुगमनका लागि रानीपोखरी परिसर पुगेका मानन्धरले सम्माननीय राष्ट्रपतिबाट शिलान्यास भएको रानीपोखरी कोभिड–१९ को महामारीकाबीचमा पनि पुनर्निर्माण जारी राखेर सम्पन्न हुने चरणमा पुग्नु गौरवको कुरा भएको बताए । ‘यो ऐतिहासिक मात्रै होइन, साँस्कृतिक, पुरातात्विक र ऐतिहासिक प्रेम काहानीसँग पनि जोडिएको पोखरी हो,’ उनले भने, ‘यो विश्वका लागि पनि उदाहरणीय पोखरी हो । यो पोखरीको पुर्ननिर्माण सम्पन्न हुन लागेको देख्दा आनन्दित भएको छु ।’
रानीपोखरी पुर्ननिर्माणको काम सत प्रतिशत र मन्दिर तथा सौदर्यीकरणको काम ८५ प्रतिशत सम्पन्न भएको छ ।