एक मस्जिदमा शक्तिशाली विस्फोट, १२ जनाको मृत्यु

शनिबार, २० भाद्र २०७७

ढाका – बंगलादेशको राजधानी ढाकास्थित एक मस्जिदमा शक्तिशाली विस्फोट भएको छ । उक्त विस्फोटमा परी १२ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन ।

शुक्रबार राती ९ बजे प्रार्थना सकिएपछि फर्किने समयमा भएको अन्तराष्ट्रिय संचार माध्ययमले जनएका छन । एयर कन्डिसनर को ग्यास लिक भएर यस्तो भयानक घटना भएको हुनसक्ने अधिकारीहरूले अनुमान गरेका छन्।

उक्त विष्फोटको समयमा करिब सय भक्त मस्जिदमा रहेका बताइएको छ। मस्जिदमा रहेका आठ वटा एयर कन्डिसनर बाटो आगोको मुस्लो निस्किएको थियो। विष्फोटपछि लागेको आगो नियन्त्रण गर्न करिब आधा घण्टा लागेको थियो।

अग्नि सेवा तथा नागरिक सुरक्षा बंगालादेशले उक्त घटनाको अनुसन्धानका लागि एक समिति गठन गरेको छ।