गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार, २३ भाद्र २०७७

काठमार्डौ – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६६० पुगेको छ।

मंगलबार बिहान र मध्यान्ह गरेर थप ५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ६६० पुगेको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माको अनुसार थपिएका संक्रमितका पोरखा महानगरपालिकाका २६, गोरखाका १०, तनहुँका ३ र बागलुङका ९ जना रहेका छन्। त्यस्तै म०गलबार बिहान नवलपरासी ९सुस्तापूर्व०का ६ जना र कास्कीका ५ जनामा कोरोना पुष्टि भएको थियो। योसँगै आजमात्रै कोरोना पुष्टि हुनेको संख्या ५९ पुगेको छ।

निर्देशक शर्माका अनुसार पोखराका संक्रमितमा मा एक जना गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी हुन भने अर्की एक महिला पार्कल्यान्ड अस्पतालकी चिकित्सक हुन। त्यस्तै अन्य संक्रमितमा पोखरा महानगरपालिकामा रहेको पोखरा फुड्स प्रालिमा कार्यरत २० जना महिला र ४ जना पुरुष रहेका छन्। अन्य संक्रमित भने कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन्।

सबै संक्रमितलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको उनले जानकारी दिए।